२०८३ कार्तिक ३० गते, सोमबार ७:५६

पर्सामा ७ लाख बराबरको पटका तथा विष्फोटक पदार्थ बरामद गरी नष्ट​

वीरगन्ज-

जिल्ला प्रहरी कार्यालय पर्साले अवैध रूपमा भारतबाट नेपाल भित्र्याइएको करिब ७ लाख रुपैयाँ बराबरको पटका, आतिसबाजी तथा अन्य विष्फोटक पदार्थ नियन्त्रणमा लिई नष्ट गरेको छ।

​बुधबार जिल्ला प्रहरी कार्यालयको सभाहलमा पत्रकार सम्मेलनको आयोजना गर्दै पर्सा प्रहरीका प्रवक्ता एवं डीएसपी चक्रबहादुर मल्लले विभिन्न नाकाबाट अवैध रूपमा ल्याउँदै गर्दा उक्त परिमाणको पटका बरामद गरिएको जानकारी दिनुभयो।

​प्रहरीका अनुसार नियन्त्रणमा लिइएका सामग्रीहरूमा नागिन ३५० प्याकेट, राधाचक्र ८ प्याकेट, इलेक्ट्रोनिक स्पार्क २० प्याकेट, गुनगुन ३०० प्याकेट, कलफुल ३० सट १ प्याकेट, र फ्लावर पटस ५५ प्याकेट लगायतका विभिन्न किसिमका पटका तथा आतिसबाजी रहेका छन्।

​बरामद गरिएका यी सबै विष्फोटक पदार्थहरू बुधबार नै सञ्चारकर्मीहरूको रोहबरमा जिल्ला प्रहरी कार्यालयको परिसरमा पूर्ण रूपमा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस